ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

जनपत्र
३१ बैशाख २०७९, शनिबार १०:०६

काठमाण्डाै – ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएकाे छ ।

बिहान बसेकाे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे ।

ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कुल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*