मनहरीमा गठबन्धन अगाडी, एमाले र एस पछाडी

जनपत्र
३१ बैशाख २०७९, शनिबार ०९:४८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना हुँदा गठबन्धनका उम्मेदवार निकै अगाडी भएका छन् । गठबन्धनका तर्फबाट रंजन कालाखेतीले मत अन्तर फराकिलो पार्दै लगेका छन् । मनहरी गाउँपालिकामा मतगणना जारी रहेको छ । वडा नम्वर १ को ७८२ मत गणनाको हुँदा गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका रन्जन कालाखेतीले ३९७, नेकपा एमालेका एकराज उप्रेतीले १६९ र नेकपा एकीकृत समाजवादीका नारायण श्रेष्ठले १२२ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी रेखा मगरले १७२ मत, नेकपा एमालेकी सुजिता थिङ्ले १४६ र नेकपा एकीकृत समाजवादीकी मनिला विष्टले १३० मत पाएकी छिन् । वडा अध्यक्षतर्फ नेपाली कांग्रेसका शिव खनालले ४२७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १५४ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १२१ मत ल्याएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले जानकारी दिएका छन् ।

मनहरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ भने नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*