थाहा नगरपालिकामा ७ सय मत गणना हुँदा गठबन्धनका बिष्णु विष्ठ ३ सय मतले अगाडी

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा वडा नम्बर १ को मतगणना जारी छ । ७ सय मत गन्दा गठबन्धनका उम्मेदवार बिष्णु बहादुर बिष्ठ ३ सय मतले अगाडी रहनु भएको निर्वाचन अधिकृत तीर्थराज भटराइले बताउनुभयो । यता नेकपा एमालेका उम्मेदवार अचुतम प्रसाद ढकाल भने ३ सय मतले पछाडी रहनु भएको छ । वडा नम्बर १ मा नेकपा माओबादी केन्द्रका उम्मेदवार अडागी रहेको उहाँले बताउनुभयो ।
राति १ बजेबाट वडा नम्वर १ को मत गणना कार्य शुरु गरिएको निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिएका छन् । क्रमश अन्य वडाहरुको पनि मतगणना गरिने उनले बताए ।
थाहा वडा नं। १ मा २ हजार ६४५ कुल मतदाता रहेको भएपनि २ हजार १ सय ७ मत मात्रै खसको थियो । थाहा १ मा झम्केश्वरी मावि र सुनौला माविमा भएको मतदानमा कुल ७९।६६ प्रतिशत मत खसेको थियो ।
थाहा १ मा वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट हेरमान गोपाली नेकपा एमालेबाट प्रदिप प्रधान र नेपाली कांग्रेसबाट रुपचन गोपाली प्रतिस्पर्धामा रहेका छन् ।
नगरमा ३२ हजार ३०७ मतदाता रहेको भएपनि जम्मा २३ हजार ५६ मत खसेको थियो । यो समाचार तयार पर्दासम्म नगर अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले २५० मत, नेकपा एमालेका उम्मेदवारले ४४ र राप्रपाका उम्मेदवारले ५ मत पाएका छन् भने उपप्रमुखमा गठबन्धनका उम्मेदवारले २७२, नेकपा एमालेका उम्मेदवारले ५८ र राप्रपाका उम्मेदवारले ३ मत पाएका छन् । त्यस्तै वडा अध्यक्ष पदमा पनि गठबन्धनले नै अग्रता कायम राखेको छ ।