सही तरिकाले मतदान कसरी गर्ने ?

जनपत्र
३० बैशाख २०७९, शुक्रबार ०६:४३

काठमाण्डाै – मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ ।

मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ । मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन ।

मतपत्रमा सातवटा चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्छ । पहिलो ठाडो लहरमा मेयर वा अध्यक्ष पदको उम्मेदवारको चुनाव चिह्नहरूमध्ये एउटा चिह्नमा, दोस्रो ठाडो लहरमा उपमेयर वा उपाध्यक्ष पदको उम्मेदवारको चुनाव चिह्नहरूमध्ये एउटा चिह्नमा, तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको चुनाव चिह्नहरूमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नहरूमध्ये एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको चुनाव चिह्नहरूमध्ये एउटा चिह्नमा, छैटाैँ र साताैँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरुको चुनाव चिह्नहरूमध्ये कुनै दुई चुनाव चिह्नमा छुट्टा–छुट्टै छाप लगाइ दुई उम्मेदवारलाई मतदान गर्नुपर्छ ।

यसरी हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारहरूको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिइ आफूले रोजेको उम्मेदवारको चिह्नमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरेपछि मत पत्रलाई राम्ररी पट्याएर मत पेटिकामा खसाल्नु पर्छ । यसपछि मतदाता तोकिएको ठाउँ र मार्गबाट बाहिर जानु पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*