मकवानपुरमा चुनावका लागि सुरक्षा व्यवस्था कडा, ढुक्क भएर मतदान गर्न प्रशासनको आग्रह

हेटौंडा । स्थानीय तहमा जनपैतिधी छान्नका लागि आज भएको मतदानका लागि मकवानपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लका दश वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पारिएको र भौगोलीक स्थान अनुसार सुरक्षाकर्मी परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । सबै मतदान केन्द्रमा ढुक्क भएर मतदान गर्न पाण्डेले आग्रह गर्नु भएको छ ।
मकवानपुर जिल्लामा स्थानीय तह चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्लाका एक सय ६५ वटा मतदान स्थलका लागि र वरपर समेत गरी बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले बताउनुभयो ।
आजको स्थानीय तह चुनावका लागि भनेर मकवानपुर प्रशासनले नेपाली सेना ५ सय जना, ससस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना र म्यादी प्रहरी १ हजार ४ सय जना परिचालन गरिएको पाण्डेले जानकारी दिनुभयो । पहिलो घेरामा जनपथ र म्यादी प्रहरी रहनेछन् । दोस्रो घेरामा ससस्त्र प्रहरी र तेस्रो घेरामा अर्थात मतदान स्थल वरपर भने नेपाली सेना परिचालन गरिएको उहाँले बताउनुभयो ।
सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् । अहिले निर्वाचन आचारसंहिता उलंघन भए नभएको अनुगमनमा पनि परिचालन गरिएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका ३ सय ६५ वटै मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसंग मतपत्र लगायतका सामाग्रीहरु लिएर पठाइने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको दश स्थानीय तह मध्यमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ ।
निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनको हरेक मतदान स्थलमा पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने छन् । मकवानपुरमा नेपाल प्रहरीहरु खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले निर्वाचन भरी पालो दिएर त्यो जनशक्ति पनि निर्वाचनमा खटाइएको छ ।
यसैगरी, स्थानीय तह सदस्य निर्वाचन, २०७९को तयारीका लागि मकवानपुरमा तयारीका कार्य द्रुत गतिमा भइरहेको छ । जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्रीको प्याकिब गरी तयारी अवस्थामा राखिएको छ भने मतदाता परिचयपत्रको व्यवस्थापन गरिएको छ ।
हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलका अनुसार यही वैशाख २५ गतेदेखि मतदाता परिचयपत्र वितरण र मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा स्थानीय तहमा निर्वाचन सामग्री पठाइ २७ गतेभित्र उपलब्ध गराइसकिनेछ । जिल्लामा यही वैशाख २२ र २३ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । तालिममा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतले प्रशिक्षण दिएका थिए ।
मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष, एक लाख ४४ हजार ९५९ महिला र छ जना तेस्रो लिब्गी गरी कुल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन् । यसमध्ये ६५ हजार ५४ नयाँ मतदाता रहेका छन् । एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका गरी १० पालिका रहेको सो जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र निर्धारण गरिएको छ ।