नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन्। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई हिजो ९बुधबार०बाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ। उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ। देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन्। वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ। यो अधिकारको प्रयोग गर्न भोलि हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ। शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ। मतदाता नामावलीमा नाम समावेश भएकाले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउनेछन् । तर त्यसका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्नेछ। नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ।

जनपत्र
२९ बैशाख २०७९, बिहीबार ०७:३८

जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचनको दिन अनुमति नलिएका सवारी साधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभए सम्म अत्यावश्यक र सवारी अनुमति पास लिएका बाहेक अन्य सवारी साधन नचलाउन आग्रह गरेको हो ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ ९मादक पदार्थ निषेध गर्ने० मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि बैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएस म्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधित समयमा कानुनले प्रतिबन्ध लगाएका कार्य गरे÷गराइएको पाइएमा कानून बमोजिम कारबाही गर्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*