मतदान स्थल कब्जा गर्नेगरी वाईसीयल परिचालन गर्ने तयारी प्रति युवासंघको ध्यानाकर्षण

जनपत्र
२७ बैशाख २०७९, मंगलवार २१:३२

हेटौंडा । माओवादी केन्द्र निकट वाईसीएलले सुरक्षाको बहानामा मकवानपुरका मतदान स्थल कब्जा गर्ने दुषित मनसाय राखेर वाईसीयल परिचालन गर्ने भनि सञ्चारमाध्यममा आएको समाचारप्रति राष्ट्रिय युवा संघ मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय युवासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष कृष्ण लामिछानेले आज साँझ बिज्ञप्ती जारी गर्दै राज्यले सुरक्षाका लागि म्यादी, जनपथ, सशस्त्र प्रहरी परिचालन गरेको समयमा वाइसिएल खटाउन लागेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आवश्यकता अनुसार सुरक्षाका लागि नेपाली सेना समेत परिचालन गर्नसक्ने राज्य संयन्त्र हुँदाहुँदै वाईसीयलले मतदान स्थलमा सुरक्षा दिने भनी गरिएको दुश्प्रचारको राष्ट्रि युवा संघ खेद प्रकट गर्दछ । माओवादीका वाईसीएलबाट सुरक्षाका नाममा हुनसक्ने अवान्छीत कृयाकलाप रोक्न स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई राष्ट्रिय युवा संघ हार्दिक अपिल गरेको छ । सबै मतदान स्थलमा वाईसीएलको अवान्छीत गतिबिधीलाई नियालेर आवश्यकता अनुसार योजना बनाई सुरक्षाकर्मीहरुसंग सहकार्य र समन्वय गर्दै त्यस्ता कार्यको प्रतिकार गर्न राष्ट्रिय युवा संगठनमा आवद्द सम्पूर्ण साथीहरुलाई हार्दिक अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*