बिदुर हुमागाईलाई असुरक्षा, भने, ‘म घर जाँदा घेरा तोडेर हिड्नुपर्ने ?

जनपत्र
२७ बैशाख २०७९, मंगलवार १९:२६

हेटौंडा– नेकपा एमालेबाट मकवानपुरगढी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईमाथि असुरक्षा बढेको छ । उनले आफूमाथि असुरक्षा बढेको भन्दै घर जाँदापनि घेरा तोडेर हिँड्नु परेको जानकारी दिएका छन् ।

मकवानपुरगढी–६ डुम्रेकुनामा मंगलबार भएको गाउँपालिकास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै हुमागाईंले आफू घर जाँदा विपक्षीहरुले घेरा हालेर बसेको बताएका छन् । ‘म घर जाँदा विपक्षीहरुको घेरा तोडेर हिँड्नु पर्ने ? मैले सुरक्षाको महसुश गर्न नपाउने ।,’ हुमागाईंले भने ।

तीन दिनअघि नेपाली कांग्रेसका युवाहरुले हुमागाईको घर नजिक सेन्ट्री (घेरा) हालेर बसेको जनाइएको छ । ३ नम्बर वडामा घरदैलो सकेर घर जाने क्रममा विपक्षीहरुले हालेको घेरा तोडेर घर जान परेको हुमागाईले आमसभामा जानकारी दिएका छन् ।

‘जनताले चुनाव नजित्दा कांग्रेसबाट यस्तो हर्कत भएको छ । चुनाव जित्यो भने मकवानपुरगढीमा बस्न सकिँदैन् भनेरजनताहरु भन्न थालेकाछन् ।,’ हुमागाईंले भने, ‘गठबन्धन अत्तालिएको छ । अब के गर्ने के गर्ने भनेर हिँडिरहनु भएको छ ।,’ उनले थपे ।

आफूमाथि असुरक्षा बढेपछि प्रशासनलाई जानकारी गराएको उनले बताएका छन् । आफूमाथि विपक्षीहरुको गलत हर्कत हुँदा आक्रोशित भएका युवा संघको टोलीलाई नियन्त्रण गरेकोपनि उनले बताए । ‘हामी स्वच्छ प्रतिस्पर्धा गर्छौ । हाम्रोपनि हजारौं युवाहरु छन् । तर, हामीले त्यस्तो हर्कत गर्न लगाउँदैनौं ।,’ उनले भने ।

जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्ने भन्दै जनतासँग हरेक कुरामा मिलेर हिँड्नु पर्ने उनले बताए । आगामी दिनमा गाउँपालिकाले योजना निर्माण गर्नुपर्दा जनतासँग जोडिएर नभई कालो कोठरीमा योजना बन्न सक्ने भन्दै शंका लागेको बताए ।

एमाले निर्वाचन जित्ने पार्टी भएकाले पनि अनुशासनमा बस्नु पर्ने उनको भनाई छ । कांग्रेसले गल्तीको महशुस गरेकोपनि उनले जनाए । केही दिनअघि ६ नम्बर वडामा कांग्रेसका युवाहरुले गाउँमा अशान्ति फैलाएको घटनामा भने पार्टी पालिका सभापति राजबिन मोक्तानले स्थानीयसँग क्षमा मागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*