आज पनि देशका केही ठाउँमा पानी पर्ने

जनपत्र
२६ बैशाख २०७९, सोमबार ११:३०

काठमाण्डाै – आज पनि देशका केही ठाउँमा पानी पर्ने अनुमान छ ।

मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाेपछि प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

यस्तै, अन्य प्रदेशका एक/दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ ।

केही दिनयता काठमाण्डौसहित देशका धेरै ठाउँमा दिनहुँजसो पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातको आंशिक प्रभाव र स्थानीय वायुसँगै भारतको बिहारदेखि पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको  छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*