७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार

जनपत्र
२६ बैशाख २०७९, सोमबार ०६:२९

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सकेको छ । आयोगले निर्वाचनको तयारीलाई तीव्र पार्दै मतपत्र ढुवानीलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छपाएको आयोगले ७७ वटै जिल्लामा मतपत्रको ढुवानी सकिएको बताएको हो । सो निर्वाचनमा देशभर ७८ हजार मतपेटिका प्रयोग हुँदै छ भने निर्वाचनमा देशभर गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७७ वटै जिल्लामा आयोगको केन्द्रीय कार्यालयबाट मतपत्र पठाइएको र धेरैजसो जिल्लाका मतदान अधिकृतले मतपत्रसमेत बुझिसकेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*