गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो वैशाख ३० मा छ : एमाले अध्यक्ष ओली

जनपत्र
२५ बैशाख २०७९, आईतवार १३:१६

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो मर्का पर्ने दाबी गरेका छन् ।

उनले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउन लागेको दाबी गरेका हुन् ।

‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ’ उनले भने, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नु भएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या ! ढाडै भाँचिने गरी ।’

त्यस्तो हुन्छ भन्ने ज्योतिषीहरूको कुरा भएको भन्दै उनले आफू पनि ज्योतिषी हो कि भनेर भ्रम नपाल्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*