नागरिकभन्दा माथि कोही छैन : अध्यक्ष ओली

जनपत्र
२५ बैशाख २०७९, आईतवार १२:१५

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकभन्दा माथि कोही नहुने बताउनु भएको छ ।

उहाँले आफ्नो पार्टीले नागरिकले दिएका आदेश मान्ने दाबी गर्नुभयो । पत्रकार सम्मेलन गर्दै उहाँले एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको दाबी गर्दै नेपाली कांग्रेस लगायत अन्य पार्टीको आलोचना गर्नुभएको छ ।

ओलीले राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य नभएको भन्दै विकास र समृद्धिको गति लिइरहेका बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप पनि लगाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*