उत्तर कोरियाद्वारा जापानी सागरमा पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । समाचार एजेन्सी एएफपीले सोललाई उद्धृत गर्दै किम जोङ उनले यो क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको बताएको छ।
दक्षिण कोरिया र जापानले यसबारे औपचारिक पुष्टि गरेका छन्। दक्षिण कोरियाको ज्वाइन्ट चीफ्स अफ स्टाफले यो परीक्षण सिन्पो शहरको पूर्वी बन्दरगाह नजिकै समुद्रबाट गरिएको बताएका छन्। जहाँ उत्तर कोरियाको प्रमुख सिपयार्ड निर्माण पनडुब्बीहरू छन्। यद्यपी, उनले मिसाइल कति टाढा खसेको भन्ने खुलाएनन्।
जापानको रक्षा मन्त्रालयले परीक्षणको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन। जापानी प्रधानमन्त्री फुमियो किशिदाले यसअघि नै सम्बन्धित सुरक्षा अधिकारीहरूलाई सबै ‘अप्रत्याशित परिस्थिति’ को लागि तयार रहन तथा विमान र जहाजहरू सुरक्षित राख्न आदेश दिइसकेका छन्।
गत वर्ष अक्टोबरपछि उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गरेको मिसाइल प्रणालीको यो पहिलो परीक्षण हो। गत वर्ष अक्टोबरमा उसले छोटो दूरीको नयाँ मिसाइल परीक्षण गरेको थियो।
यो मिसाइल परीक्षण दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक इओलको केही दिनपछि हुन लागेको सपथ ग्रहणको नजिक भएकाले दक्षिण कोरियाले महत्वका साथ हेरेको छ। युनले उत्तर कोरियाविरुद्ध कडा रवैया अपनाउने चाल्ने संकेत दिइसकेका छन् । यस्तै जापानका रक्षामन्त्रीले उत्तर कोरियाको यो मिसाइल परीक्षणलाई अन्तर्राष्ट्रिय समुदायका लागि खतरा भएको बताएका छन्।