साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख १५ हजार बढि

साइप्रसको विभिन्न कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि २० जना पुरुष र ४० जना महिला गरी जम्मा ६० जना नेपाली कामदारकोे माग गरेकोे हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ४० हजार माथिदेखि एक लाख १५ हजार बढि पाउनेछ । इच्छुक कामदारले कालिन्चोक एच आर प्रालिको कार्यालय सामाखुशी काठमाडौंमा बैशाख २९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिषा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुृ पर्ने छ । हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।