चीनको छेन्दु नगरले काठमाडौं महानगरलाई २ ब्रुमर उपहारमा दियो

जनपत्र
२ असार २०७६, सोमबार ०६:२५

चीनको छेन्दु नगरले काठमाडौं महानगरलाई दिइएक २ थान ब्रुमर आज औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले महानगरका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेका छन्। छेङ्दुले महानगरलाई दिएका ब्रुमर, युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ ।

९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*