हेटौंडाका क्रिस्चियन अगुवाहरुसंग एमालेका उम्मेदवारको अन्तरक्रिया

जनपत्र
२४ बैशाख २०७९, शनिबार १७:२९

हेटौंडा । नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारहरुकोे क्रिस्चियन अगुवाहरुसंग छलफल कार्यक्रम भएको छ । मेयरका उम्मेदवार अनन्त पौडेल, उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले क्रिस्चियनहरुसंग छलफल गर्नु भएको हो । कार्यक्रममा मकवानपुर इसाइ समाजका सचिब अभिसेक उप्रेतीले क्रिस्चियनहरुका समस्याका बारेमा प्रष्ट पार्नु भएको थियो ।

मेयर पदका उम्मेदवार अनन्त पौडेलले क्रिस्चियनहरुको समस्या समाधान गर्न आफु जितेपछी पहल गर्ने बताउनुभयो । चर्च दर्ता, क्रिस्चियन समुदायहरुलाई नगरको योजना निर्माणमा सहभागिता, क्रिस्चियन समुदायको हकहितका निम्ति सधै क्रियासील रहेने बताउनुभयो । कार्यक्रममा उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले, एमाले जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल, हेटौंडा उपमहानगरभित्रका क्रिस्चियन अगुवाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*