मनहरी–२ मा एमालेको बृहत र्‍यालीसहित घरदैलो, भुन्द्रुङटाँडीमा सम्पर्क कार्यालय स्थापना

जनपत्र
२३ बैशाख २०७९, शुक्रबार ०६:४४

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं २ मा नेकपा एमालेले बृहत र्‍यालीसहित घरदैलो कार्यक्रम गरेको छ । मनहरी–२ का विभिन्न क्षेत्रहरुमा एमालेले एक हप्तापछि हुन लागेको स्थानीय तह निर्वाचन केन्द्रित घरदैलो गरेको हो ।

एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ, वडा नं २ का अधयक्ष पदका उम्मेदवार निमा लामा, सदस्यहरु सूर्य बहादुर बुलुन, तुल बहादुर रुम्बा, ज्ञानीमाया वाईबा, सुन्तली विकसहित एमालेका नेता कार्यकर्ताहरुले विभिन्न क्षेत्रमा घरदैलो गरेका हुन् ।

२ सय भन्दा बढीको जनसहभागितामा भएको र्‍यालीलाई एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश वर्तौलाले सम्बोधन गरेका थिए ।
वडा नं २ को भुन्द्रुङटाँडी , ट्याङ्कीदमार, झुल्याङ, गोगनघारी, सशीधाप लगायतका स्थानमा घरदैलो गरिएको गाउँपालिका अध्यक्ष पदका उम्मेदवार एकराज उप्रेतीले जानकारी दिए ।

मनहरी–२ मा एमालेको स्थानीय निर्वाचन केन्द्रित सम्पर्क कार्यालय स्थापना गरिएको छ । अध्यक्ष उम्मेदवार उप्रेतीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
सम्पर्क कार्यालयबाट कार्यकर्ता परिचालन, अभिलेखिकरण, चुनावी प्रचारप्रसार लगायतका गतिविधि गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*