उम्मेदवारी फिर्ता लिन रामचन्द्र पौडेलको आग्रह, जगन्नाथ पौडेलद्वारा अस्वीकार

जनपत्र
२२ बैशाख २०७९, बिहीबार १२:१०

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्नुभएको छ ।  बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उहाँले उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको हो ।

वरिष्ठ नेता पौडेलले स्वतन्त्र उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा लगायतका नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर आफूहरु धेरै अगाडि बढिसकेकोले उम्मेदवारी फिर्ता नलिने जगन्नाथ र कृष्णलालले जवाफ दिनुभएको हो ।

भरतपुर पुगेका रामचन्द्र पौडेलसँगै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पनि स्वतन्त्र उम्मेदवारी दिएका पौडेलसँग छलफल गर्ने भनिएको थियो । तर आफूहरु अहिले चुनावी प्रचारमा लागिसकेको पौडेलले जानकारी दिनुभयो ।

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट रेनु दाहाल उम्मेदवार भएपछि त्यसको विरुद्धमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । पार्टी निर्णय नमानेको भन्दै उहाँलाई कांग्रेसले कारबाही गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*