गठबन्धनसँग हाम्रो प्रतिस्पर्धा हुदैनः अनन्त पौडेल

हेटौंडा/ नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेदवार बनेका अनन्त पौडेलले गठबन्धनसँग नेकपा एमालेको प्रतिस्पर्धा नहुने बताएका छन् । बुधवार हेटौंडा उपमहानगरपालिका–१४ नम्वर वडाकोे घरदैलो तथा कोण सभामा सम्बोधन गर्दै पौडेलले हेटौंडाका वडाहरुमा देखिएको एमालेको लहर हेर्दा गठबन्धन धेरै होचो भइसकेको बताएका हुन् ।
पौडेलले गठबन्धनको भन्दा फरक खालको उम्मेद्वारको चरीफुरी बढिरहेको भन्दै गठबन्धन धेरै तल परिसकेको अवस्था भइसकेको बताउँदै गठबन्धनको भ्रममा नपर्न आग्रह गरे । उनले राप्रपाबाट मेयरमा उम्मेद्वारी दिएका दिपक शिंहलाई पनि निर्वाचन आउँदा मात्रै जनतासामु पुग्नेलाई चिन्नुपर्ने दिन आएको समेत बताए । उनले नेकपा एमाले पार्टी मुलुकको समृद्धको लागि जन्मिएको पार्टी र बृद्धबृद्धाहरुले माया गर्ने पार्टी भएको दावी गरे ।
पौडेलले निर्वाचित भएपछि दश हजार लिटर खानेपानी निःशुल्क गरिदिने बताए । ‘हाम्रा अभिभावकविहिन विपन्न गरिव विद्यार्थीहरुको उच्च शिक्षाको जिम्मा उपमहानगरपालिकाले लिनेछौँ’, पौडेलले भने, ‘गरिवहरुको डाटा कलेक्सन गरेर परिचयपत्र दिएर त्यसको आधारमा विना धितोमा कर्जा प्रवहा गर्ने , एउटा वडाबाट दशवडा नयाँ उद्यमीहरु जन्माउने , नयाँ स्वरोजगार युवाहरुलाई जन्माउने कार्यक्रमपपनि प्रतिवद्धता पत्रमा उल्लेख गरेका छौं ।’ पौडेलले हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा नेकपा एमालेले विकासको फड्को मारेको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनका क्षेत्रमा धेरै सुधार भइसकेको उल्लेख गर्दै पौडेलले विषेश ध्यान शिक्षा र स्वास्थ्यमा दिन आवश्यक रहेको औँल्याए ।
पौडेलले १४ नम्वर वडामा निर्माणधीन रहेको भ्युटावरलाई शहिद स्मारक भन्दा शुन्दर राम्रो ठाउँ बनाउने र सामुदायिक भवनहरुलाई व्यवस्थापन गर्ने बताउँदै नेकपा एमालेलाई जिताउन आग्रह गरे । पौडेलले १४ नम्वर वडामा औद्योगिक क्षेत्र ल्याउन ठुलो भुमिका खेलेको बताउँदै गठबन्धन सरकारले गर्दा केहि हुन नसकेको आरोप लगाए । ‘ हाम्रो सरकार रहिरकेको भए सबै योजनाका कामहरु सम्पन्न हुन्थ्यो , ६२ करोडको बजेट छुट्याईएको छ भित्र काम केहिपनि गर्न सकेको छैन । ’ ‘त्यसैले गर्दा हामि निर्वाचित भएर आइसकेपछि औद्योगिक क्षेत्रको कामलाई गति दिनेछौं । ’ पौडेलले १४ नम्वर वडाका वडाअध्यक्ष्ँ उम्मेद्वार दिपक खड्काले उपमहानगरपालिकाले सिंगो कार्यकालसम्म गर्न नसक्ने स्लयाब ढलान गरेको बताए ।
पौडेलले आफु सुकुम्वासी आयोगको अध्यक्ष्ँ हुदा जग्गा खण्डिकरण गरेर लालपुर्जा वितरण गरेको बताए । उनले गठबन्धनको सरकारले तीनवटा नक्कली पुर्जा लगेर बाडेर मत तान्न निर्वाचनमा खेल खेलेकोसमते आरोप लगाए ।
कार्यक्रममा नेकपा एमाले प्रदेशकमिटि सदस्य बलराम बलले बैशाख ३० गते निर्वाचनमा सत्य र असत्यबीचको लडाई हुने बताए । ‘एमालेको प्रतापदेखि विचलित भएर तथानामको गठबन्धन , नानाथरीको झण्डाहरु बोकेर आइरहेको छ ’, बलले भने , ‘१४ नम्वर वडामा दिपक खड्को विकासको अभियान देखेर अत्तालिएर १४ नम्वर निराशाजनक बनाउुनुपर्छ भनेर १९ वटै वडाबाट मान्छे जम्मा गर्न आफैमा लज्जास्द कुरा हो । ’ ‘बास्तवमा गठबन्धन निर्वाचन हारिसके ,’ उनले भने । ’
उनले हार्ने निश्चित भएपछि जातीय राजनिती गरिरको बताउदै वर्गीय राजनीती नै सम्पुर्ण समस्याको समाधान भएको बताउदै एमालेतर्फबाट मेयरमा उम्मेद्वार दिएका अनन्त पौडेललको तुलनामा कोहि नभएको टिप्पणी गरे ।
नेकपा एमाले मकवापुरका नेता श्रीधर पोखरेलले पाँच दलीय गठबन्धन हेटौंडा उपमहानगरपालिकालाई भ्रष्टचारीको अखडा बनाउने अभिप्रायले आइरहेको आरोप लगाए । पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई छेदविच्छेद बनाउने उदेश्यले आएको हुनाले सबैलाई चनाखो हुन आग्रह गरेका हुन् ।
पोखेरेलले स्थानीय तहको निर्वाचनले जनताको भाग्य र भविष्यको फैसला गर्ने भएको हुनाले नेकपा एमालेले जित्न जरुरी रहेको बताए । यसैगरी उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले महिला बालबालिकाहरुलार्य केन्द्रित गरेर कार्यक्रमहरु ल्याउने बताईन् । उनले स्वास्थ्य विमा गराउनेदेखि लिएर स्वच्छ नगर बनाउने प्रतिवद्धता व्यक्त गरिन् । यसैगरी १४ नम्वर वडाका वडाअध्यक्षका उम्मेद्वार दिपक खड्काले आफुले अघिल्लो निर्वाचनमा निर्वाचित भइसकेपछि १४ नम्वर वडाको मुहार फेरेको बताउदै आफुलाई पुन मतदान गरेर विजय गराउन आग्रह गरेका थिए । कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० र नेपाली काँग्रेस परित्याग गरी २६ जना कार्यकर्ता नेकपा ९एमाले०मा प्रवेश गरेका छन् ।