मकवानपुरमा बढ्दै आचारसंहिता उलंघन, मन्त्री कुमारी मोक्तानलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

हेटौंडा । मकवानपुरमा दिनहुँजसो आचार संहिता उलंघनका घटना बढ्दै गएका छन् । सरकारी क्षेत्रमा कामगर्नेहरुलेनै आचारसंहिता धेरै उलंघटन गरेका छन् । आचारसंहिता उलंघन गर्नेहरु मन्त्रीहरु समेत रहेका छन् । आचार संहिता उलंघन गर्नेहरुलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण पनि सोधेको छ । तर, पनि आचारसंहिता उलंघटनका घटना घट्नु भन्दा बढ्दै गएका छन् ।
निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान प्रचार प्रसारमा खटिएको फोटो सहितको विवरण सामाजिक सञ्जालमा भेटिएको भन्दै आयोगले स्पष्ट पार्न भन्दै पत्र लेखेको हो । आयोगले २४ घण्टा भित्र प्रमाणसहित जवाफ दिन भनेको छ । आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेलाई पनि स्पष्टीकरण सोधेको छ । चुनाव प्रचारमा खटिएको सूचना पाएको भन्दै आयोगले उनलाई जवाफ दिन निर्देशन दिएको हो ।
आयोगले आफ्नो क्षेत्राधिकारमाथि चुनौती नदिन पनि घिमिरेलाई चेतावनी दिएको छ । आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० का वडाध्यक्ष उम्मेदवार अमृत खनाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदाताको खुट्टामा एक हजारको नोट राखेर भोट माग्दै गरेको भन्दै समाचार सार्वजनिक भएपछि आयोगले उनलाई त्यो काम गरेको हो कि होइन भनी सोधेको हो । सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशित भएको भन्दै आयोगले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि स्पष्टीकरण सोधेको छ ।