चितवन राष्ट्रिय निकुञ्जकाे मान्छे खाने बाघ नियन्त्रणमा

जनपत्र
२१ बैशाख २०७९, बुधबार ११:४५

चितवन – चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट  बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*