एमाले हेटौंडा ५ ले पहिलो चरणको घरदैलो सक्यो

जनपत्र
२० बैशाख २०७९, मंगलवार १६:१०

मकवानपुर । नेकपा एमाले हेटौंडाले आसन्न स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्तरगत पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सकेको छ ।

मेरो वडा म जिताउछु भन्ने अभियानको रूपमा सुरू गरिएको पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सकिएको हो । “भोलिबाट हामी अभियानका क्रममा छुटेका घरदैलो र व्यक्तिलाई भेट्ने छौ” एमाले वडा सचिब सुरेश लामिछानेले भने । अभियानको क्रममा पाएको समर्थनबाट नतिजासंग एकदम उत्साहि रहेको पार्टी वडा सचिब लामिछानेले बताए ।

लगातार ५ दिन वडाका उम्मेदवार तथा नगरको मेयर उपमेयरका उम्मेदवार समेतको उपस्थितिमा घरदैलो गरिएको पार्टी वडा अध्यक्ष पदम बजगाईंले बताए । “निर्वाचनको संघारमा आईपुग्दा हाम्रो माहोल राम्रो छ, सबैको साथ र समर्थन पाउनेमा आशावादी छु” वडा अध्यक्षको उम्मेदवार शुसिल घिमिरेले भने ।

आफू विगतमा पनि सामाजिक काम, स्थानीय क्षेत्रकै विकास बारे चासो र चिन्तन राख्ने व्यक्ति भएकोले आगामी दिनमा पनि सोहि जिम्मेवारीमा पुर्‍याउन उनले वडावासीसंग अनुरोध गरे ।

“वडाको विकास बारे आफूहरूको संकल्पसहित घरघर पुगेर मतदाता भेटेको र छु” घिमिरेले भने “अझै भेटघाट बाकी नै छ।” आजको घरदैलो कार्यक्रममा वडा सदस्यको उम्मेदवारहरू ज्ञनबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल, भगवती बि.क, पार्टी सचिवालय सदस्य ईश्वर ढुङ्गाना, सुधिर थापालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*