भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्छु : महानिरीक्षक सिंह

जनपत्र
१९ बैशाख २०७९, सोमबार १३:२५

काठमाण्डाै – नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता जनाउनु भएकाे छ । आज गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।

सिंहले आपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र सङ्गठन सुधारका कार्यहरु लागू गर्ने बताउनु भएकाे छ । साथै उहाँले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।

सिंहले भन्नुभयो, ‘आपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने याेजनालाई केन्द्रमा राखेर आफ्ना सहकर्मीहरुलाई साथमा लिइ सङ्गठन सुधारका कार्यहरु लागू गर्ने प्रतिबद्धता जनाउँछु । अहिलेको राष्ट्रिय प्राथमिकता भनेको पालिका चुनाव हाे । चुनावलाई सुरक्षित, भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने खालकाे वातावरण निर्माणमा ध्यान दिन्छु।’

सिंहले पालिका चुनावमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पार्नुभयो।

गृह मन्त्रालयमा आज गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*