जिम्बाब्वे ‘ए’ सँगकाे खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

जनपत्र
१८ बैशाख २०७९, आईतवार १३:२१

काठमाण्डाै – जिम्बाब्वे ‘ए’ सँगकाे पहिलाे टी–२० अभ्यास खेलमा नेपालले ब्याटिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङकाे निम्ताे पाएकाे हाे ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपालले जिम्बाब्वे ‘ए’ सँग शृङ्खला खेल्न लागेको हो ।

नेपाली टाेलीमा सन्दीप लामिछाने, आसिफ शेख, राेहितकुमार पाैडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, माेहम्मद अदिल आलम, करण केसी, साेमपाल कामी, कुशल भुर्तेल, अविनाश बाेहरा र बसिर अहमद रहेका छन् ।

यसअघि पहिला एकदिवसीय खेल हुने तय भए पनि वर्षाका कारण एकदिवसीयलाई पछि सारेर पहिला टी–२० शृङ्खला हुन लागेकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*