हेटौंडामा भोली हुने आमसभाको तयारी पुरा, केपी ओलीले संबोधन गर्ने

हेटौँडा । नेकपा एमाले मकवानवपुर तथा जिफन्ट बागमती प्रदेशको आयोजना हेटौँडामा हुने एमालेको आमसभाको तयारी पुरा भएको छ । मे दिवसको अवसरमा हेटौँडाको हुप्राचौरमा बैशाख १८ (भोली) हुने आमसभाको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले आमसभामा ४० हजार मानिसहरु सहभागि हुने बताए ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले संवोधन गर्ने आमसभाको तयारी पुरा गरिएको भन्दै आमसभालाई भब्य बनाउनको लागि जिल्लाको १० वटै स्थानीय तहमा कार्यकर्ता परिचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
एमालेले श्रमिक दिवसलाई महत्वको साथमा लिँदै आएको र हेटौँडाको सन्र्दभमा श्रमिक आन्दोलनको उर्भर भूमि रहेको भन्दै अध्यक्ष श्रेष्ठले भोली हुँने आमसभालाई भब्य बनाईने बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग तथा स्वतन्त्र रहेका नागरिकहरुलाई पनि एमालेमा स्वागत गरिने भन्दै श्रेष्ठले आमसभा अघि हेटौँडा नगरको चार क्षेत्रबाट र्यालीको आयोजना हुने बताए । ४ सय भन्दा धेरै स्वयमसेवकको परिचालन हुने आमसभाका अध्यक्ष वलीले दिउँस १ बजे संवोधन गर्ने बताए ।