नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल तालिका परिवर्तन, भोलिदेखि टी–ट्वेण्टी श्रृङ्खला

जनपत्र
१७ बैशाख २०७९, शनिबार १७:३३

काठमाण्डाै – नेपाल र जिम्बाब्वे ए बीचको टी–ट्वेण्टी र एकदिवसीय श्रृङ्खलाको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज नयाँ तालिका सार्वजनिक गर्दै सुरुमा टी–ट्वेण्टी र त्यसपछि एक दिवसीय श्रृङ्खला हुने जनाएको छ ।

नयाँ तालिका अनुसार भोलि आइतबार पहिलो टी–ट्वेण्टी, पर्सि १९ गते गते दोस्रो र २१ गते बुधबार तेस्रो टी–ट्वेण्टी खेल हुनेछ । यस्तै २३ गते शुक्रबार पहिलो एक दिवसीय, २४ गते शनिबार दोस्रो र २६ गते सोमबार तेस्रो एक दिवसीय खेल हुनेछ । नेपाल र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एकदिवसीय खेल आज हुने तालिका रहेकोमा पानी परेपछि स्थगित भएको छ ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एकदिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*