पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

जनपत्र
१७ बैशाख २०७९, शनिबार १७:२७

काठमाण्डाै – पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय १४ जनाको नमूना परीक्षण गर्दा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप १७ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ३० जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*