जर्मनीको सबैभन्दा ठूलो ऊर्जा कम्पनी रुसी मुद्रा रुबल तिरेर ग्यास खरिद गर्न तयार

जर्मनीको सबैभन्दा ठूलो ऊर्जा कम्पनीको एक युनिपर कम्पनीले ग्यास खरिदको लागि रुसलाई उसकै मुद्रा रुबलमा भुक्तानी गर्ने तयारी गरेको छ ।
युक्रेन आक्रमणको विषयलाई लिएर युरोप र अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पेट्रोलियम पदार्थको भुक्तानी रुबलमै गर्नुपर्ने नयाँ नियम जारी गरेको थियो ।
सुरुमा युरोपेली देशले रुबलमा भुक्तानी गर्न आनाकानी गरे पनि इन्धनको अभाव हुन थालेपछि रुसकै मुद्रा रुबलमा भुक्तानीको तयारी गरेका हुन् ।
जर्मनीको युनिपरले रुसलाई रुबलमा भुक्तानी गर्नुको अर्को विकल्प नभएको जनाएको बीबीसीले जनाएको छ । युनिपरले रुसी ग्यास विना देशको माग धान्न नसकिने भएकाले उसको सर्तअनुसार नै भुक्तानी गर्नुपरेको जनाएको खबरमा उल्लेख छ ।
रुबलमा भुक्तानीको विषयलाई लिएर रुसले पोल्यान्ड र बुल्गेरियामा इन्धन निर्यात बन्द गरिदिएको छ । अब रुसको इन्धन आयातकर्ताहरुले रुसको गाजपर्म बैंकमा खाता खोलेर युरो वा डलर जम्मा गर्नुपर्नेछ,त्यसपछि दोस्रो खाता खोलेर रुबलमा परिवर्तन गर्नुपर्नेछ ।
अन्य युरोपेली देश पनि रुसलाई रुबलमा भुक्तानी नगर्ने निर्णयबाट बिस्तारै पछि हट्न थालेका खबरमा उल्लेख छ । युरोपको इन्धनको मागमध्ये ४० प्रतिशत माग रुसले पूरा गर्दै आएको छ।