समृद्ध नेपाल : सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अध्यक्ष ओलीको आग्रह

जनपत्र
१६ बैशाख २०७९, शुक्रबार ०७:३९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल स् सुखी नेपाली बनाउने राष्ट्रिय आकाँक्षालाई साकार पार्नका लागि सङ्कल्पित भएर लागिरहेको बताएका छन् ।

नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले पार्टीको घोषणापत्र र स्थानीयका प्रतिबद्धता उक्त सङ्कल्प भएको हुँदा काठमाडौँवासीका मतदातासँग आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।

“एमाले देश बनाउन र सुशासन कायम गर्न हिँडेको छ, नातावाद, कृपावादका लागि यो पार्टी होइन”, अध्यक्ष ओलीले भने, “महानगरपालिका गौरवमय संस्कृतिका पक्षहरु, भौतिक, मानवीय र सांस्कृति सम्पदाको रक्षा गर्न जरुरी छ, त्यसका लागि एमालेलाई मतदान गरेर विजयी गराउनुस् ।”

उनले काठमाडौँ महानगरमा अनुभव र उत्साह कायम भएका नेता केशव स्थापितलाई महानगरको प्रमुखमा उठाएको र उनले काठमाडौँका समस्याको समाधान र विकासमा पूर्णरूपमा ध्यान दिने विश्वास व्यक्त गरे।

महिला हिंसाविरुद्धमा एमाले सदा रहेको र महिलालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले थपे, “महिला अब चुलाचौकामा मात्र छैनन्, बाहिर निस्किएका छन् डरपोक हुने होइन, महिला अस्मितालाई अवमूल्यन गर्न वा होच्याउन कसैले पनि पाउँदैन ।”

उनले काठमाडौँका जनताले नेपालको राजनीतिक परिर्वतनमा १९९७ सालमा चार सहिदले राणा शासनका विरुद्ध आफ्नो बलिदान दिएको चेतनाको इतिहास स्मरण गर्दै भने, “काठमाडौँका चार सहिदले सुशासन र विकासको बिगुल फुकेको ८२ वर्ष भइसकेको छ, अहिले पनि त्यो चेतनाको बिगुल कायम छ ।”

उनले आधुनिक विकास, लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न यस्तो भावना लिएर आएको उम्मेदवारलाई भोट हाल्न आग्रह गर्दै स्थानीय तहको घोषणापत्रमा कामको कार्यसूचीसमेत उल्लेख बताए। कार्यक्रममा प्राडा रमेश भट्टराई, श्रीधर पोखरेल, उत्तम शर्मा, अनिल पोखरेललगायत एमालेमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*