जब ६१ वर्ष खाेजेपछि जीवित भेटिइन् आमा

जनपत्र
१ असार २०७६, आईतवार ०५:५४

आयरल्यान्डको डबलिनमा बस्ने एलिन म्याकेनले ६१ वर्षसम्म खोजेर आफ्नी १०३ वर्षीय आमालाई  भेटाएकी छन् । जन्मेदेखि अनाथालयमा हुर्किएकी एलिनले पहिलो पटक १९ वर्षको उमेरमा आफ्नी आमा अझै ज्युँदै भएको थाहा पाएकी थिइन् । १९ वर्षको उमेरदेखि आमा खोज्न सुरु गरेकी उनले यही महिनामा आफ्नी आमालाई भेट्टाएकी छन् ।

एलिनको जन्म डबलिनस्थित बेथेनी होम अनाथालयमा भएको थियो । १९५० भन्दा अगाडि यो ठाउँ चोरी, वेश्यावृत्ति र बच्चा मार्ने जस्ता अपराधिक गतिविधिका लागि बदनाम थियो । कतिपय आमाहरु विवाहभन्दा अगाडि जन्मिएका बच्चालाई त्यही अनाथालयमा छोडेर हिँड्छन् । आमाबुवा नभएको कारण एलिनले धेरै सामाजिक समस्या भोग्नुपर्यो । एलिन परिवारका बारेमा कसैले सोध्दा आफूलाइ नराम्रो लाग्ने बताउँछिन् ।

अनाथालयबाट निस्किएपछि एलिनले धेरैपटक आफ्नो परिवारको बारेमा जान्न प्रयास गरेकी थिइन् । जसका लागि उनलाई जेनोलोजिस्टको सहयोग लिन सुझाव दिइयो । जेनाेलाेजिस्टकाे सहयाेगमा उनले आमा भेटेकी हुन् एलिन अहिले ८१ वर्षकी भइन् । ६१ वर्षको प्रयासपछि उनले आफ्नी आमालाई पत्ता लगाइन् । आमा खोजेपनि अहिलेसम्म उनीहरुको भेट भएको छैन् । उनीहरुको फोनमा कुराकानी भएको छ । आमासँग फोनमा कुरा गर्दा एलिनले आफ्नो ७० वर्षको सौतेनी भाइ पनि रहेको जानकारी पाएकी छन् ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*