हेटौंडामा एमालेको नेतृत्वको स्थानीय सरकारले धेरै विकासका काम गरेको छ –मेयर महत

जनपत्र
१५ बैशाख २०७९, बिहीबार ११:२६

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले एमालेले नेतृत्व गरेको स्थानीय सरकारले यहाँ धेरै विकास निर्माणका काम गरेको बताउनु भएको छ । आज नेकपा एमाले हेटौंडा १ वडा कमिटीको आयोजनामा भएको प्रचार प्रसार कार्यालयको उद्घाटन् कार्यक्रममा बोल्दै उहाँले पार्टीले चुनाबमा गरेको प्रतिबद्धता भन्दा अहिले पाँच वर्षको अवधिमा धेरै काम भएको उहाँले बताउनुभयो ।

हेटौंडामा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार हरेक क्षेत्रमा धेरै काम गरिएको मेयर महतको भनाई छ । कोरोनाको संकटमा अक्सिजन मेसिन राख्ने काम होस या हेटौंडा अस्पतालमा डायलासिस सेवा दिने काममा उपमहानगरपालिकाले आफ्नो नेतृत्वमा काम गरेको बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार अनन्त पौडेलले हेटौंडाको फुर्केचारैरबाट हेटौंडा १९ मा पुग्दा हेटौंडामा कति बिकास भए भन्नेकुरा जनताले देख्न सक्ने बताउनुभयो । एमालेको नेतृत्वमा हेटौंडाको नेतृत्व गर्दा धेरै काम गरिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले एमालेले हेटौंडामा कहिले पनि नहारेको बताउनुभयो । हेटौंडामा इमान्दारीताका साथ काम गरिएको बताउनुभयो । कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्षका उम्मेदवार उत्तम पौडेल लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*