मनहरीमा एमालेका उम्मेदवारको टोल–टोलमा सभा र घरदैलो

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मनहरी गाउँपालिका कमिटीको आयोजनामा चुनाबलाई लक्षित गरेर प्रत्यक टोलमा आमसभाको कामलाई तिब्रता दिइएको छ । आफ्ना उम्मेदवारलाई जिताउनका लागि पार्टी कमिटी लागिपरेको छ । उम्मेदवारहरु मतदाताका घरदैलोमा पुग्न थालेका छन् ।
चुनाबी कार्यक्रमले बिहानको झिसमिसे देखि राती अवेर सम्म भ्याइ नभ्याइ भएको मनहरीका अध्यक्ष पदका उम्मेदवार एकराज उप्रेतीले बताउनुभयो । अहिले मनरहीका सबै जसो वडामा चुनाबी प्रचार प्रसार कार्यालय स्थापना गरेर त्यहीबाट काम गरिदै आएको छ ।
प्रत्यक वडामा वडा अध्यक्षका उम्मेदवार, वडा सदस्यका उम्मेदवार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नागरिकका घरदैलोमा पुगेर उनीहरुका समस्या बुझ्ने र त्यही अनुसार काम गर्ने योजना समेत बनाएको अध्यक्षका उम्मेदवार उप्रेतीले बताउनुभयो ।
मनहरीमा गठबन्धनका तीन वटै दल र काँग्रेसबाट बागी उम्मेदवारी परेको कारण पनि एमालेलाई थप सहज भएको छ । एमालेको वडा सदस्य देखि वडा अध्यक्ष सम्म सबै पदमा उम्मेदवारी परेको छ । मनहरीमा प्रमुखमा काँग्रेसबाट रञ्जन कालाखेती, एकीकृत समाजवादीबाट नारायण श्रेष्ठ र बागी उम्मेदवार काँग्रेस (बीपी) बाट शंकर न्यौपानेले उम्मेदवारी दिएका छन् ।
उपप्रमुखमा रेखा पुलामी नेकपा माओवादी केन्द्रबाट, मनिला बिष्ट नेकपा एकीकृत समाजवादीबाट र काँग्रेस (बीपी)बाट जानुकी लामाले बागी उम्मेदवारी दिएकी छन् । सत्ता गठबन्धनभित्र पनि छुट्टा छुट्टै उम्मेदवारी पर्दा थप सहज भएको एमाले मनहरीले जनाएको छ ।