एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेल सहित जिल्ला नेताहरुले किन दिए राजिनामा ?

जनपत्र
१४ बैशाख २०७९, बुधबार १४:४७

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेल सहित जिल्ला सचिवालय सदस्य र अरु पालिका स्तरका नेताहरुले समेत पार्टी परित्याग गरेका छन् । पोख्रेल सहित जिल्ला सचिवालय सदस्य उत्तम न्यौपाने, बिरेन्द्र डिसी सहित तीन दर्जन नेताहरुले पार्टी परित्याग गरेका हुन् ।

अहिले तत्काल अरु पार्टीमा नजाने र स्वतन्त्र रहेको घोषणा समेत गरेका हुन् । स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । आज दिउसो हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।

पार्टी परित्याग गर्दै पोख्रेलले भन्नुभयो–‘गठबन्धनको नाममा जे जसरी अध्यारो कोठामा बसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पर्ने गरि आफ्नो कुन्सित मनसाय पुरा गर्न जे सड्यन्त्र भै रहेको छ र एउटा निर्वाचित निकायलाई भोलि भ्रस्टचारको अखडा बनाउने नियतप्रति मेरो असहमति जनाउदै ८ महिना आगाडि भएको बिद्रोह केवल कसैको कुण्ठा र केहि व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्वकांक्षा र पद प्रतिको चरम इच्छा र सोच मात्र रहेछ ।’

यो विद्रोहले पार्टी निर्माण गर्न सक्छ र निर्वाचन पश्चात देशव्यापी रुपमा पार्टी कम्जोर हुने र नेपालको कम्युनिष्ट आन्दोलन समेत क्षत विक्षत हुने ठहरका साथ मलाई ८ महिना नेकपा (एस) मकवानपुर जिल्लाको अध्यक्ष मै रहदा साथ सहयोग गर्ने सम्पूर्णप्रति धन्यबाद दिदै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि बिद्रोह गर्न र व्यक्ति बादी प्रालिको बिरुद्ध आवाज उठाउन हार्दिक अनुरोध समेत उहाँले गर्नुभयो ।

यसैगरी जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गर्नुभयो । उहाँले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेकोभन्दै पार्टी परित्याग गरेको बताउनुभयो । पोखरेल र डीसी नेकपा एमाले विभाजनपश्चात् नेकपा (एस) आबद्ध भएका थिए । उनीहरु दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने बताएका छन् ।

यस्तो छ बिज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*