कीर्तिपुर नगरपालिकामा मेयरमा १४ सहित २ सय ३७ जनाको उम्मेदवारी

जनपत्र
१४ बैशाख २०७९, बुधबार १२:५८

काठमाण्डौ – पालिका चुनावका लागि कीर्तिपुर नगरपालिकामा २ सय ३७ जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदका लागि १४ जना तथा उमपेयर पदमा ११ जनाको उम्मेदवारी परेको कीर्तिपुर नगरपालिका निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।

कीर्तिपुर नगरपालिकामा गठबन्धन हुन नसकेपछि पार्टीहरुले आ-आफ्ना उम्मेदवार उठाएका छन् । मेयरमा १४ जनाकाे उम्मेदवारी परेकाेमा ८ जना पार्टीका हुनुहुन्छ भने ६ जना स्वतन्त्र हुनुहुन्छ ।

मेयर

एमाले – केशरत्न बज्राचार्य

नेपाली कांग्रेस – राजकुमार नकर्मी

माओवादी केन्द्र – शिवशरण महर्जन

एकीकृत समाजवादी – बटुकृष्ण थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी – जितबहादुर बिष्ट

नेपाल मजदुर किसान पार्टी – श्रीकृष्ण महर्जन

आमूल परिवर्तन मसिहा पार्टी – श्यामकाजी महर्जन

नेपाली कांग्रेस, विपी – प्रविद खनाल

स्वतन्त्र

प्रशान्त माहासागर नकर्मी

भीमकुमार महर्जन

श्याम महर्जन

सन्देश महर्जन

बद्रीलाल महर्जन

मनोज बुढाथोकी

उपमेयर

उपमेयरका ११ जना उम्मेदवारमा ७ जना पार्टीका तर्फबाट हुनुहुन्छ भने ४ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

एमाले – बिन्दु महर्जन

नेपाली कांग्रेस – शुभलक्ष्मी शाक्य

माओवादी केन्द्र – सुशिला बस्नेत

एकीकृत समाजवादी – कमला महर्जन

राष्ट्रिय प्रजातन्त्र पार्टी – सम्झना पौडेल

नेपाल मजदुर किसान पार्टी – सर्जु महर्जन

नेपाली कांग्रेस, बिपी – शान्ति महर्जन

 उपमेयरमा स्वतन्त्रतर्फ

बाबुकृष्ण महर्जन

गंगा देवी महर्जन

लक्ष्मीकुमारी लुँइटेल

दिपक बस्नेत

यस्तै, वडाध्यक्षका उम्मेदवारमा ५५ जना, वडा सदस्यमा ९१ जना, महिला सदस्यमा ४३ जना तथा दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*