दाईसँग स्कुटरमा चढेर आएकी युवतीले नारायणी नदीमा हाम फालिन्

जनपत्र
३२ जेष्ठ २०७६, शनिबार १३:१३

आफ्नो दाईसँग स्कुटरमा चढेर नारायणी नदीको पुल तर्दै गरेको बेला जाम परेको मौका छोपी बहिनी नदीमा हामफालेकी छन् ।शुक्रबार नवलपुर स्थित नारायणी नदीमा हाम फालेपछि बहिनी कविता सापकोटा बेपत्ता भएकी छन् ।उनलाई अहिले स्थानीय प्रहरी, सशस्त्र प्रहरी साथै स्थानीयले खोजी गरिरहेका छन् ।नपलपुर गैडाकोट २ स्थाई घर भएकी कविता सापकोटा नदीमा हामफालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैंडाकोटकाका प्रहरी सहायक निरिक्षक यज्ञ पौडेलले जानकारी दिएका छन् ।

कविता दाई हरि बस्यालको स्कुटरमा चढेर नारायणी पुल पार गर्दै थिईन् ।उनी नदीको बीचमै हामफालेको साथै नदी धेरै गहिरो भएकाले उनकाे खाेजीमा समस्या भएकाे प्रहरीले जनाएकाे छ । उनकाे खाेजीका लागि थप प्रहरी बाेलाइएकाे इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । उनी किन नदीमा हामफालिन भन्नेबारे अनुृसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*