स्पेनिस ला लिगामा रायो भालेकानोसँग बार्सिलोना पराजित

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई पराजित गरेको छ।
गएराति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको हो।
रायो भालेकानोका अल्भारो गार्सियाले खेलको सातौँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक भयाे ।
अङ्क तालिकामा तेस्रो स्थानमा रहेको बार्सिलोनाले ३३ खेलमा ६३ अङ्क जोडेको छ । यस्तै, रायो भालेकानो ४० अङ्क जोडेर ११औँ स्थानमा रहेको छ।