मकवानपुरको मनहरी र भीमफेदीमा एमालेद्वारा उम्मेदवारी दर्ता

जनपत्र
११ बैशाख २०७९, आईतवार १९:११

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा एमालेका उमेद्वारहरुले आज दिउसो मनोनयन दर्ता गरेका छन् । दुबै गाउँपालिकामा रयाली सहित गएर एमालेका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र वडा सदस्यहरुका उमेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । आज दुबै गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

बाजागाजासहित एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै नेकपा एमालेबाट मनहरी गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा भीमसेन अधिकारी, २ नम्बर वडा अध्यक्षमा निमा लामा, ३ नम्बर वडा अध्यक्षमा मानबहादुर बल, ४ नम्बर वडा अध्यक्षमा रविन ढकाल, ५ नम्बर वडा अध्यक्षमा किशोर बर्तौलाले उम्मेदवारी दर्ता गराउनुभएका छन् ।

यसैगरी ६ नम्बर वडा अध्यक्षमा गोपी लामा, ७ नम्बर वडा अध्यक्षमा नारायण सिं घिसिङ, ८ नम्बर वडा अध्यक्षमा पुष्कर सुवेदी र ९ नम्बर वडा अध्यक्षमा लक्ष्मण उप्रेतीले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेले एकसाथ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारी दर्ता गराएको गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले जानकारी दिनुभयो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडा नम्बर ३, ५, ६ र ८ को वडा अध्यक्ष जितेको थियो । यस्तै ९ नम्बर वडामा पनि एमालेको बागी उम्मेदवारले अध्यक्ष जितेका थिए ।

यसैगरी एमालेबाट भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानाले उमेदवारी दर्ता गराउनु भएको हो । अध्यक्षका उम्मेदवार लामाको प्रस्तावकमा महेश कुमार बर्तौला र समर्थकमा संग्राम खड्का रहेकाछन् भने उपाध्यक्ष रानाको प्रस्तावकमा सानु थापा मगर र समर्थकमा रेशम लामा रहेका छन् ।

यस्तै एमालेबाट वडा अध्यक्षमा वडा नम्बर १ मा पञ्चमाया स्याङ्तान, २ मा काशिराम बज्यु, ३ मा प्रकाश पौडेल, ४ मा सागर पाण्डे, ५ मा जाहारसिं लामा, ६ मा सीताराम थापा, ७ मा प्रमेश्वर राना मगर, ८ मा विष्णु बहादुर लामा र ९ मा प्रकाश पुडासैनीको उम्मेदवारी दर्ता गरिएको छ ।

यसअघि,२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनलाई हराउँदै एमालेका अध्यक्ष उम्मेदवार लामा र उपाध्यक्ष राना निर्वाचित भएका थिए ।

मकवानपुरको कैलाश गाउँपालिकाका २ वडाबाट नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकाको वडा नम्बर ५ र १० बाट एमालेका तर्फबाट वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । कैलाश ५ को वडा अध्यक्षमा छेकु लामाले दोस्रो पटक उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी हुनुभएका लामाले दोस्रो पटक वडा अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गर्नुभएको हो । वडा सदस्यहरुमा दुदु कुमारी मोक्तान, राधिका विक, मान बहादुर पाख्रिन र टेक बहादुर लोले उम्मेदवारी दर्ता गाउनुभएको छ । वडा सदस्यहरुमा लो नयाँ अनुहार हो भने अन्य सबैजना दोस्रो पटक वडा सदस्यमा उम्मेदवारी रहेको छ ।

यसैगरी कैलाशको वडा नं. १० को अध्यक्षमा सूर्य बहादुर भ्लोनले उम्मेदवारी दर्ता गराउनुभएको । वडा सदस्यहरुमा जुनसरी राई, बिमला सुनार, दिनेश थिङ र प्रताप सिं वाइबाको उम्मेदवारी रहेको छ । कैलाश–१० मा एमालका तर्फबाट सम्पुर्ण उम्मेदवार नयाँ अनुहार रहेका छन् । कैलाश गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा बाँकी वडाका अध्यक्ष तथा सदस्यहरुको उममेदवारी सोमबार दर्ता गराइने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*