विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवद्वारा मनाेनयन दर्ता

जनपत्र
११ बैशाख २०७९, आईतवार १६:५७

विराटनगर – विराटनगर महनगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवले मनोनयन दर्ता गराउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले हिजो शनिवार मात्र जसपा छोडेको घोषणा गर्नु भएको थियो ।

सत्तासीन दलबीच विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि उहाँले पार्टी छोड्नु भएको हो । मनाेनयन दर्ता गराउँदै यादवले आफ्नाे उम्मेदवारी कसैका विरुद्ध नभइ समृद्ध विराटनगरका लागि भएकाे बताउनुभएकाे छ ।

विराटनगरको मेयर पदमा अर्को स्वतन्त्र उम्मेदवारी पनि परेको छ । स्वतन्त्र उम्मेदवार सक्रिय गौतमले पनि आजै मेयरमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*