श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नभएको मकवानपुरका पत्रकारको गुनासो

जनपत्र
११ बैशाख २०७९, आईतवार १३:४१

हेटौंडा । मकवानपुरका बिभीन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । यहाँका रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनमा कार्यरत पत्रकारहरुले सबै पत्रकारले न्युनम पारिश्रमिक पाउन नपाएको गुनासो गरेका हुन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका समस्याको विषयमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले यस्ता कार्यक्रम मात्र गर्ने होइनकी काम गरेर देखाउन आग्रह गरे । भएको छ । अन्तरक्रिया भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार मर्यादित हुनुपर्ने भन्दै नजिकिँदै गरेको निर्वाचनमा निष्पक्षता देखाउन आग्रह गर्नुभयो । प्रेस काउन्सिलले पत्रकार हकहितका लागि सदैव काम गर्ने समेत बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले नेपाल पत्रकार महासंघले श्रमवीवी पत्रकारका लागि गरिने छलफल र बहसबाट हकअधिकार प्राप्त गर्न सहयोग पुग्ने भएकोले छलफल र बहसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । २०५१ सालमा जारी भएको श्रीमजीवी पत्रकार ऐन संशोधन गर्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, धुर्ब रावल, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुरका पूर्व अध्यक्ष नबराज शर्मा लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले श्रमजीवी पत्रकार कार्यान्वयनका बिषयमा पत्रकारहरुबाट आएको सुझावलाई ग्रहण गर्दै आफ्नो कार्यकालमा ऐन कार्यान्वयनको पहल गरिने बताउनुभयो । श्रमजीवी पत्रकार ऐनलाई व्यवहारिक कार्यान्वयनका लागि विज्ञहरूसँग परामर्श गरिसकिएको र ऐन परिवर्तनका विषयमा छलफल सुरु गरिसकिएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा समस्या समाधानको लागि मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिलले मिडिया निर्धारण गरिनुपर्ने, समस्यालाई समाधान गर्न दीर्घकालीन ७७ जिल्लामा अनुगमनको टोली परिचालन गरी तथ्याङ्क लिएर उपयुक्त नीति बन्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*