मकवानपुरका दश वटा स्थानीय तहमा एमालेबाट को–को हुन् उम्मेद्वार ?

जनपत्र
११ बैशाख २०७९, आईतवार १३:२२

हेटौँडा । नेकपा एमालेले मकवानपुरले प्रदेश कमिटीमा सिफारिस गरेका उमेदवारको एमाले बागमती प्रदेश कमिटीले टुङ्गो लगाएको छ । को १० वटा स्थानीय तहको प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको हो ।

एमालेले १० वटा पालिकाका २० जना उम्मेदवारमा ९ जना पुराना अनुहार हुन् भने ११ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तहमा उम्मेद्वारी दिनका लागि केही जनप्रतिनिधिहरुले राजिनामा समेत दिएका छन् । टुङ्गो लागेका उम्मेद्वारहरुले आज र भोलीमा सम्वन्धीत पालिकामा गएर उम्मेद्वारी दर्ता गराउने छन् ।

एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटिले उम्मेद्वारको टुंगो लगाएको बागमती प्रदेशका उप–सचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिनुभयो ।

बर्तौलाको अनुसार केन्द्रले टुंगो लगाएको हेटौँडा उपमहानगरपालिका बाहेक बाँकी ९ स्थानीय तहमा प्रदेश कमिटिको बैठकले उम्मेद्वार टुंगो लगाएको हो ।

यस्तो छ उम्मेद्वारको सूचि
हेटौँडा उपमहानगरपालिका
मेयर – अनन्तप्रसाद पौडेल
उपमेयर – सुमित्रा काफ्ले

बागमति गाउँपालिका
अध्यक्ष –खेमराज जर्गामगर
उपाध्यक्ष –धनमाया स्याङ्तान

बकैया गाउँपालिका
अध्यक्ष – सरला बोलखे
उपाध्यक्ष –लालबहादु स्याङ्तान

मकवानपुरगढी गाउँपालिका

अध्यक्ष – बिदुर हुँमगाई
उपाध्यक्ष –सन्तु थिङ

भीमफेदी गाउँपालिका
अध्यक्ष –हिदम लामा
उपाध्यक्ष – पार्वती राना

इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष-देबकृष्ण पुडासैनी
उपाध्यक्ष – उमा लामा

थाहा नगरपालिका
मेयर – अच्युतम ढकाल
उपमेयर- कल्पना बलामी

कैलाश गाउँपालिका
अध्यक्ष- नरेन्द्रलाल रिजाल
उपाध्यक्ष- सुकुमाया थिङ

राक्सिराङ गाउँपालिका

अध्यक्ष- बाबुलाल स्याङतान
उपाध्यक्ष – सुन्तलीमाया प्रजा

मनहरी गाउँपालिका
अध्यक्ष – एकराज उप्रेती
उपाध्यक्ष – सुजिता थिङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*