हेटौंडाका जनप्रतिनिधिहरुद्वारा धमाधम राजीनामा

जनपत्र
१० बैशाख २०७९, शनिबार ०९:२८

हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा उमेदवार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन् । भोली र पर्सी स्थानीय तहको चुनाबका लागि उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले अहिले भइरहेका जनप्रतिनिधिहरुले पनि राजिनामा दिन थालेका हुन् ।

हेटौंडाका केही वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुले राजिनामा दिएका हुन् । उमेदवारी दर्ता गर्नका लागि जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राजिनामा दिनुपर्ने भएपछी फेरी पनि उमेदवारी दिने तयारीमा रहेका जनप्रतिनिधिहरुले राजिनामा दिएका हुन् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

हेटौंडाका ९ वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरमा राजीनामा बुझाएका हुन् । राजीनामा दिने वडा अध्यक्षहरुमा हेटौंडा २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नविन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ लगायतकाले राजीनामा दिएका छन् । यसैगरी हेटौंडा उपमहानगरकै विभिन्न वडाका सदस्यहरु २७ जनाले पनि शुक्रबारनै राजीनामा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*