पालिका चुनावमा भाग लिन तुलसीपुरका २५ जना जनप्रतिनिधिले दिए राजीनामा

जनपत्र
९ बैशाख २०७९, शुक्रबार १८:३१

दाङ – वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवारी दिनका लागि दाङको तुलसीपुर उपमहानगरपालिकाका २५ जना जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका छन्।

आज ८ जना वडाध्यक्ष र १८ जना वडा सदस्य गरी तुलसीपुरबाट २५ जनाले पदबाट राजीनामा दिएका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

राजीनामा दिने वडाध्यक्षहरुमा वडा-२ का अध्यक्ष राजु आचार्य, वडा-१६ का अध्यक्ष भुपबहादुर केसी, वडा-१० का अध्यक्ष कुमार लामिछाने, वडा-९ का अध्यक्ष घनश्याम ढकाल, वडा-५ का अध्यक्ष वीरेन्द्र कुमार शाह, वडा-१५ का अध्यक्ष लक्ष्मण चौधरी, वडा नं १७ का अध्यक्ष थलराज पुरी, वडा- १८ का अध्यक्ष माधव ओली रहेका छन्।

सूचना अधिकारी न्यौपानेका अनुसार राजीनामा दिने क्रम वैशाख ११ गतेसम्म रहिरहने छ ।

निर्वाचन आयोगले जनप्रतिनिधि पुनः चुनाव लड्न चाहेमा पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । त्यहीअनुरुप आउँदाे पालिका चुनावमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छन् ।

उम्मेदवारी दिँदा राजीनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधान विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*