एमालेद्वारा मकवानपुरका बृद्धबृद्धाहरुलाई सम्मान, प्रतिबद्धतापत्र घोषणा

जनपत्र
९ बैशाख २०७९, शुक्रबार १७:३५

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मकवानपुरका बृद्धबृद्धाहरुलाई सम्मान गरेको छ । हेटौंडामा कार्यक्रम गरेर बृद्धबृद्धाहरुलाई सम्मान गरेको हो । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा प्रतिबद्धता पत्र घोषणा गरिएको हो ।

दिवसका अवसरमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले प्रतिबद्धता पत्र समेत घोषणा गर्नुभयो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर यो कार्यक्रमको घोषणा गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले पार्टीको जित निश्चित गरेर बैशाख ३० गतेको स्थानीय तहको चुनाबमा लागिएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका सल्लाहकार तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एमालेले एक सय रुपैयाँबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पुर्याइएको बताउनुभयो ।

एमालेले आज घोषणा गरेको प्रतिबद्धता पत्रमा खानेपानी बोर्डबाट पानी उपलब्ध भईरहेका उपभोक्ताहरुलाई १० हजार लिटर पानी निशुल्क उपलब्ध गराइने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, हेटौंडा उपमहानगरपालिकालाई समय–समयमा रणनितिक परामर्शका लागि सबै पक्ष समेटेर हेटौंडा विकास परिषद गठन गर्ने, योजना निर्माण, अनुगमन र मुल्याङ्कनका लागि नगर योजना आयोग गठन गर्ने, प्रदेश राजधानीको गुरुयोजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने पत्रमा उल्लेख छ । यस्तै, नगर यातायात गुरुयोजना तयार गरिने र व्यवस्थापन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा पार्टीका जेष्ठ सदस्यहरुलाई सम्मान तथा ‘समृद्ध नेपाल’ शिर्षकका गीत सार्वजनिक गरिएको छ ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा पपार्टीका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले बागमती प्रदेश कमिटीका सदस्य भगवती पुडासैनी, अनन्त पौडेल, बलराम बल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*