ईपीएलमा बर्नलीले साउथह्याम्पटनलाई हरायाे

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा बर्नलीले साउथह्याम्पटनलाई हराएको छ ।
आज शुक्रवार बिहान घरेलु मैदान टर्फ मुरमा भएको खेलमा बर्नलीले साउथह्याम्पटनलाई दुई–शून्य गोलले हराएको हो । बर्नलीले दुवै गाेल पहिलाे हाफमा गरेकाे हाे । बर्नलीका कोनर रोबर्टसले खेलकाे १२ औँ र नाथन कोलिन्सले ४४ औँ मिनेटमा गोल गरे ।
जितसँगै बर्नलीको ३२ खेलमा २८ अङ्क भएको छ । बर्नली अङ्क तालिकामा १८ औँ स्थानमा छ । पराजित साउथह्याम्पटन ३३ खेलमा ३९ अङ्कका साथ १३ औँ स्थानमा रहेको छ ।