बागमती प्रदेशका सांसद सुवेदीद्वारा राजीनामा, भरतपुरको मेयरमा उमेदवारी दिने तयारी

जनपत्र
८ बैशाख २०७९, बिहीबार १८:१३

हेटौंडा । बागममती प्रदेश सभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिनु भएको छ । यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिन सुवेदीले सदस्य पदबाट राजीनामा दिनु भएको हो । चितवनको क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले आज प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिनु भएको छ ।

भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको सुवेदीले बताउनुभयो । चितवनको क्षेत्र नम्बर २ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष तीन महिना एक दिन वाग्मती प्रदेशसभा सदस्यको रुपमा रहनु भएको थियो । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने बाध्यकारी नियम लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*