बाँदरको खर्च गर्ने आइडिया !

जनपत्र
३२ जेष्ठ २०७६, शनिबार ०६:५१

पैसाको विषयमा हामी सधैं चिन्तित त हुन्छौँ । तर, के हामीले बाँदरबाट यस विषयमा केही सिक्न सक्छौँ त ? कस्तो जोखिम लिने, कस्तो लगानी गर्ने र कस्तो लगानीले फाइदा हुन्छ भन्ने के हामीले बाँदरबाट सिक्न सक्छौँ ? यस्ता प्रश्नहरु किन उब्जिएका हुन् भने पछिल्लो समय अमेरिकाको पोर्टो रिकोमा बाँदरहरुमाथि यस्तै विषयलाई लिएर एउटा अनुसन्धान गरिँदै छ ।

यो अनुसन्धानमा ६ बाँदर प्रयोग भएका छन् । र, उनीहरुलाई केही टोकन दिएर आफैं सामान किन्न लगाइएको छ । अनुसन्धानकर्ताले बाँदरले लेनदेन तथा लगानीमा कस्तो जोखिम उठाउँछन्, कुन टोकन दिएर कुन सामान लिन्छन् भन्नेबारे अध्ययन गरिरहेका छन् ।

अमेरिकाको येल विश्वविद्यालयका मनोविज्ञानका प्रोफेसर लरी सान्तोषको नेतृत्वमा यो अनुसन्धान सुरु भएको हो । सान्तोषले बाँदरलाई सस्तो महंँगोबारे थाहा हुने/नहुनेबारे अध्ययन गरिरहेको बताएका छन् । ‘कुन टोकन लिएर कुन पसलबाट सामान लिनु ठिक हुन्छ भन्ने बाँदरलाई थाहा होला या नहोला ?’

उनले थाहा पाउन खोजेका छन् । तर, अचम्म लाग्दो कुरा के भने सान्तोषहरुले बाँदरलाई तालिम दिने क्रममा नै के थाहा पाए भने बाँदरले टोकन दिएर धेरै सामान आउने ठाउँलाई पहिलो प्राथमिकता बनाए । यी बाँदरहरुले योबीचमा मानिसको जस्तै स्वभाव पनि देखाएका छन् ।

उनीहरुले टोकन पाउने आफूलाई काम गर्ने टोकन लिएर राख्ने गरेका छन् । यसको अर्थ बाँदरहरुलाई खरिदबिक्रीको विषयमा छिट्टै सिकाउन सकिनेसान्तोषहरुले निष्कर्ष निकालेका छन् । अनुसन्धानले के देखाएको छ भने बाँदरहरु जोखिम उठाउन तयार छन् । उनीहरुले जोखिम लिने तरिका गिर्दो सेयर बजारमा मानिसहरुले गर्ने लगानीको जस्तै भएको सान्तोषहरुको निष्कर्ष छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*