पक्की सडकले बदलिएको हेटौंडाको राजदेवि क्षेत्र

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको राजदेवि क्षेत्रमा पाँच वर्ष अगाडी थोरै स्थानमा मात्र पक्की सडक निर्माण भएका थिए । राजदेविको मुल सडक निर्माण भएको करिब तीन दशक पछी मात्र स्थानीय तहका जनप्रतिनिधिहरु आएपछी यस सडक पक्की निर्माण भएको स्थानीय वासिन्दाहरु बताउँछन् । वषौदेखिको अत्यन्त पुरानो सडकलाई पक्की निर्माण गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत बताउनुहुन्छ ।
आफु जनप्रतिनिधि भएर आएपछी हरेक वर्ष राजदेवि क्षेत्रमा सडक पक्की सडक निर्माणका लागि बजेट छुट्याएर काम गरिएको मेयर महत बताउनुहुन्छ । हेटौंडा–हटिया–हर्नामाडीको सडक भन्दा धेरै पुरानो सडक खुलेको तीन दशक बितिसक्दा पनि पक्की निर्माण हुन सकेको थिएन । धेरै जनप्रतिनिधि यस निर्वाचन क्षेत्रबाट विजयी भएपनि खासै विकास भएको थिएन । तर, स्थानीय तहमा आफुहरु र्आपछी बिकासको ढोकानै खुलाएको उहाँ बताउनुहुन्छ ।
पक्की सडक निर्माण भएपछी यस क्षेत्रमा हिउँदमा सडकमा छारो धुलो उढ्ने र वर्षायाममा हिलो हुने समस्याको अन्त्य भएको यस क्षेत्रका वासिन्दाहरु बताउँछन् । हेटौंडा उपमहानगरपालिकाको सबै वडामा नयाँ सडक निर्माणसंगै स्लाब ढलान र कालोपत्रे सडक निर्माणको क्रम तिब्र रुपमा अघि बढिरहेको छ । सडकको दिगोपनको लागि हेटौंडा उपमहानगरपालिकाले लिएको स्लाब सडक निर्माण नीतिले बजेटको राम्रो उपयोग भएको छ ।
स्थानीय तह आउनु अघि पानी जम्ने ठाउ र माटो बग्ने स्थानमा पनि पातालो कालोपत्रे गर्ने कार्य जताततै थियो । जसकारण सडक कालोपत्रे गरेको केही समयमै सडक भत्किएर खाल्डै खाल्डो र धुलाम्मे बनेको थियो । त्यही क्षेत्रमा जनप्रतिनीधिहरु निर्वाचित भएपछि बलियो स्लाब ढलान भएपछि स्थानीयहरुले हेटौंडा उपमहानगरपालिकाको खुलेरै प्रशंसा गरेका छन । स्थानीय जनप्रतिनीधिहरु निर्वाचित हुनु अघि खाल्डै खाल्डो अनि धुलो नै धुलो थियो हेटौंडा १७ राजदेवीको रोडमा तर अहिले त्यहाँ पुग्दा खाल्डो र धुलाम्मे बाटो थियो भन्ने कथा जस्तो अनुभुती हुन्छ ।
किनकी अहिले राजदेवी क्षेत्रको ति खाल्डे र धुलाम्मे सडक स्लाब सडकमा परिणत भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले “हेटौंडाको चौघडा हुँदै हटिया, हर्नामाडी क्षेत्रमा मुल सडक र भित्री धेरै सडक पक्की भएपनि राजदेवि क्षेत्रमा सडक कच्ची रहेको देखेपछि आफुले प्रत्येक वर्ष सडक कालोपत्रे गर्न र स्लाब ढलान गर्नका लागि रकम छुट्याएर काम गरिएको” सडक स्लाब ढलानको शिलान्यास गर्ने क्रममा बोल्दै आएका छन् । ५० वर्षसम्म धेरै स्थानमा गुहार्द पनि नबनेको बाटो हेटौंडा उपमहानगरपालिकाको सहयोग अझ मेयर हरिबहादुर महतको बिशेष चासो र चिन्तनले बनेको भन्दै स्थानियहरु खुसी व्यक्त गर्छन ।
बिगतका दिनमा सडकको दयनिय अवस्थाका कारण बजार आवतजावतको लागि असहज थियो । खाल्डे र धुलाम्मे सडकको कारण कष्टकर यात्रा गर्न बाध्य स्थानीयहरुले अहिले धेरै सहज भएकोमा मेयर महत बिकास प्रेमी भन्दै प्रशंसा समेत गरे । पहिले सांसद र दलका नेताहरुलाई सडक पक्की बनाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएको भएपनि स्थानीय सरकार आएपछि जनताको माग सुनुवाई हुन थालेका छन ।
प्रत्येक वर्ष आफ्नो क्षेत्रमा पक्की सडक लगायत बिकास निर्माणमा उपमहानगरपालिका र वडाले सकेको बजेट छुट्याएर भएको कामबाट पूर्ण नभएपनि अहिलेसम्म भएको कार्यले स्थानीयहरु सन्तुष्टि भएको पाएको हेटौंडा १७ का वडा सदस्य भिम प्रसाद अधिकारीको भनाई छ ।
त्यसैगरि हेटौंडा ७ र ८ कमाने क्षेत्रको मुख्य सडकको हालत केही वर्ष अघि खाल्डा र धुलाम्मे सडक नै थियो अहिले ति सडक हेर्ने हो भने राजमार्गका सडक जस्तै फराकिला र व्यवस्थित बनेका छन ।
हेटौंडा उपमहानगरपालिका भित्रको हरेक गल्लीका बाटो होस वा शाखा सडकहरु पहिले गोरेटो बाटो भन्दा पनि साघुरो र अव्यवस्थित थियो भने अहिले स्तर उन्नती भएर सडक भन्न लायक भएका छन । उप महानगरपालिका भित्रका बषौदेखिका कच्ची सडकलाई अहिले पक्की बनाएपछी स्थानीय वासिन्दाहरु पनि खुसी भएका छन् । हरेक क्षेत्रमा अब्बल बन्दै गएका हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्र भित्रका सडक पुर्वधारमा सुबिधा सम्पन्न बनाउनलाई सडक निर्माणको क्रमलाई तिब्र रुपमा अगाढी बढाई रहेको छ ।
चार वर्षको अवधिमा हेटौंडाका ३२ स्थानमा कल्भर्ट तथा पुलपुलेसा निर्माण गरिएको छ । ७३ मिटर कल्भर्ट तथा पुलपुलेसा निर्माण गरिएको हो । कुल दुइ करोड ४० लाख ७८ हजार रुपैयाँ लागतमा यो काम गरिएको हो । यसैगरी हेटौंडाका बिभीन्न वडाका ३६ किलोमिटर ६ मिटर सडकमा ग्राभेलिङ गर्ने काम गरिएको छ । यसका लागि कुल एक करोड ६७ लाख ८६ हजार रुपैयाँ खर्च गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रमा सडक ट्रयाक निर्माणको कामले पनि निकै गति लिएको छ । चार वर्षको अवधिमा मात्र उपमहानगरपालिकाको आफ्नै योजानमा मात्र ३५ किलोमिटर ७८६ मिटरको ट्रयाक निर्माण गरिएको छ । हेटौंडाका पछी थपीएका वडाहरुका केही टोलमा सडक नपुगेकाले ट्रयाक निर्माणको कामलाई पनि तिब्रता दिइएको हो ।
उपमहानगरपालिकाले चार वर्षको अवधिमा आफ्नै खर्चमा ६१ वटा सामुदायिक भवन निर्माण गरेको छ । यस वापत कुल ३ करोड ९८ लाख २४ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी २६ वटा बिद्यालय भवन निर्माण गरेको छ । यसका लागि कुल ५ करोड १९ लाख ७९ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी २३ वटा स्वास्थ्य भवन निर्माण गर्नका लागि खर्च गरेको छ । यसका लागि ६ करोड ५७ लाख ७२ हजार रुपैयाँ खर्च गरिएको छ । अन्य बिभीन्न प्रकारका बिभीन्न निकायका २६ वटा भवन निर्माण गरिएको छ ।
यसका लागि एक करोड ७५ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ । चार वर्षको अवधिमा जनप्रतिनिधिहरु आएपछी ६० स्थानमा खानेपानीका पूर्वाधारहरु निर्माण भएका छन् । चालु आर्थिक वर्षमा पनि त्यतीकै भएका छन् । चार वर्षको अवधिमा मात्र खानेपानी पूर्वाधारका लागि ३ करोड ९५ लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ ।
उर्जा र विधुतका क्षेत्रमा ८ स्थानमा काम गरिएको छ । यसका लागि १२ लाख ३१ हजार रुपैयाँ खर्च गरिएको छ । सिंचाइका क्षेत्रमा २८ स्थानमा काम गरिएको छ । एक करोड रुपैयाँ खर्च गरिएको हो । उपमहानगरपालिकाका १९ वटै वडामा शिक्षा सम्वन्धी अन्य पूर्वाधार एक सय स्थानमा गरिएको छ । यसमा ४ करोड ८८ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी पर्यटनका क्षेत्रमा उपमहानगरपालिकामा ४९ स्थानमा काम गरिएको छ । यसका लागि कुल ४ करोड ९३ लाख ८२ हजार रुपैयाँ खर्च गरिएको उपमहानगरपालिका योजना महासाखाका प्रमुख सत्यनारायण साह बताउनुहुन्छ ।