राप्रपाको घोषणापत्रमा १२ कक्षासम्म नि:शुल्क पढाइदेखि सुत्केरीलाई तीन महिनासम्म मासिक भत्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले स्वास्थ्य, शिक्षा र सुशासनको पक्षमा विभिन्न कार्यक्रमहरू स्थानीय तहबाट सञ्चालन गर्ने योजना समावेश गरेर चुनावी घोषणापत्र जारी गरेको छ ।
राप्रपा कार्यालयमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जिते ६ महिनाभित्र विपन्न परिवार पहिचान गर्ने कार्यक्रम अघि सारिने बताएका छन् । त्यसैगरी ६ महिनाभित्र सबै स्थानीय ऐनहरू निर्माण र परिमार्जन गर्ने घोषणासमेत गरेका छन् ।साथै, १२ कक्षासम्म पूर्ण निस्शुल्क शिक्षा, सबै स्थानीय तहमा एउटा प्रविधिक विद्यालय, सबै विद्यालयमा अनिवार्य कम्प्युटरका कार्यक्रम पनि घोषणापत्रमा समावेश गरिएको छ ।
यस्तै सुत्केरी महिलालाई ३ महिनासम्म मासिक ३ हजार भत्ता उपलब्ध गराउने घोषणा पनि गरिएको छ । त्यसैगरी किशोरीहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप दिने घोषणा पनि समावेश छ ।