धेरै नपिउनुहोस् कागती पानी, शरीरमा यस्तो हानी पुर्याउँछ

जनपत्र
३२ जेष्ठ २०७६, शनिबार ०६:४३

तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नुभएको छ हाेला सायद । कागती वजन (ताैल) कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं ।

मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् ।
पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।

कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ । यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।

कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ । यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ ।

धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*