मकवानपुरको इन्द्रसरोवर प्रदेशको पर्यटकिय गन्तव्य

पर्यटकिय गन्तव्य छनौट भएसंगै डेढ करोड रुपैयाँ लगानीमा काम हुने ।
जनपत्र
३२ जेष्ठ २०७६, शनिबार ०६:५४

हेटौंडा । प्रदेश नम्बर ३ को उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा मकवानपुरको इन्द्रसरोबरलाई छनौट गरिएको छ । एक प्रदेश एक पर्यटकिय गन्तब्यका रुपमा इन्द्रसरोबरलाई प्रदेश ३ को पर्यटकिय गन्तब्यका रुपमा अगाडी सारिएको हो । प्रदेशका १३ वटा जिल्ला मध्यमा जिल्लाको इन्द्रसरोबरलाई पर्यटकिय गन्तब्यका रुपमा लिइएको छ । पर्यटकिय गन्तब्यका रुपमा छनौट भएसंगै आउँदो आर्थिक बर्षका लागि इन्द्रसरोबरलाई एक करोड रुपैयाँ बजेट समेत छुट्याएको मकवानपुर प्रतिनिधि सभा क्षेत्रनम्बर २ का सांसद बिरोध खतिवडाले बताउनुभयो ।

संघिय सरकारको पर्यटन मन्त्रालयले एक प्रदेश एक पर्यटकिय गन्तब्यका रुपमा छनौट गर्दा इन्द्रसरोबरलाई छनौट गरेर बजेट समेत छुट्याएर काम गर्न लागिएको सांसद खतिवडाले बताउनुयो । संघिय सरकारले पर्यटकिय क्षेत्रका लागि पनि पछील्लो समय बजेट छुट्याएर आन्तपरक तथा बायह पर्यटक भित्रयाउन लागेको छ । पर्यटकिय गन्तब्यका रुपमा छनौट गरिएको इन्द्रसरोबरलाई बषै पिच्छे रकम छ्ट्याएर काम गर्ने तयारी गरेको छ ।

यसैगरी देशैभरीका एक सय वटा पर्यटकिय क्षेत्र छनौट गर्दा मकवानपुरका तीन स्थानलाई पनि छनौट गरिएको छ । पर्यटन मन्त्रालयले देशभरीमा एक सय वटा पर्यटकिय क्षेत्र छनौट गर्ने क्रममा मकवानपुरको दामन, मकवानपुर गढी र इन्द्रसरोबरको फाखेलमैत्री पार्कलाई छनौट गरिएको सांसद खतिवडाले बताउनुभयो । छनौट भएसंगै बजेट पनि संघिय सरकारले छुट्याएर यसलाई अझै पर्यटक भित्रयाउनका लागि काम गर्ने तयारी गरेको छ । त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पनि मानब निर्मीत इन्द्रसरोवरलाई पर्यटकिय क्षेत्रको रुपमा काम गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*